गोवा । भारतमा नेपाली चेलीहरु बेपत्ता हुनेक्रम जारी छ । २ दिनअघि गोवामा कैलालीकी रबिना योगी बेपत्ता भएको खबर आइरहेका बेला फेरि अर्की नेपाली चेली पनि हराएको खबर छ ।
भारतको मलोरबाट मणिषादेवी नेपाली हराएको त्यहाँबाट लोकेन्द्र सेर्पालीले जनाएका छन् । नेपाली नेपालको कैलाली लम्की-८ कि बासिन्दा हुन् । उनी अन्दाजी वर्ष ३१ मनिषा रोजगारीको सिलसिलामा आफ्नो श्रीमान करण परियारको साथमा पञ्जाबमा थिइन् । उनी मार्च १५ र देखि सम्पर्क बिहीन भएकी थिइन् । उनका श्रीमान करण परियारले श्रीमतीको खोजि गरिदिन पञ्जाब पुलिससँग रिपोर्ट गरेका छन् ।
तर हराइरहेकी देविको बारेमा अहिलेसम्म कुनैपनि भरपर्दो सूचना आएको छैन । करणले आफ्नी श्रीमतीको खोजि गरिदिन प्रगतिशील नेपाली समाज भारतलाई निवेदन दिएका छन् भने त्यहाँ कार्यरत नेपाली दाजूभाईलाई उनको खाजिकार्यमा सहयोग गर्न आग्रह गरेका छन् । करणले देविलाई फेला पार्नुहुनेले फोन नं ९९८८७६५३६२ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।
