• बैशाख १८ २०८३, शुक्रबार

काठमाडौँको कलंकीमा टिप्परको ठक्करबाट युवकको मृत्यु

चैत्र १५ २०७७, आईतवार

काठमाडौंको कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार राति बल्खुबाट थानकोट जाँदै गरेको बा १ ख ५८९३ नम्बरको टिप्परले ठक्कर दिँदा करिब २५ वर्षीय पुरुषको मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । मृतकको सनाखत भैसकेको छैन ।

प्रहरीका अनुसार जेब्राक्रसबाट बाटो काट्दै गरेका पैदलयात्रीलाई टिप्परले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

टिप्पर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।