काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले ‘हाम्रा माननीय’को विमोचन गरेका छन् ।
संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको पुस्तक ‘हाम्रा माननीय’ को सभामुख सापकोटाले विमोचन गरेका हुन् । पुस्तकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको परिचयसहित यसअघि आबद्धता भएका संस्था एवं पेशाका विषयमा प्रकाश पारिएको छ ।
समाजका संस्थापक अध्यक्ष हरिबहादुर थापाले नेपालमा संसदीय अभ्यास शुरु भएको ३० वर्ष पूरा भए पनि संसदीय पत्रकारितामा पूर्णता आउन नसकेकाले यसतर्फ समाजको ध्यान जानुपर्ने बताए ।