काठमाडौं, देशभर थप ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ हजार ७४५ जनाको कोरोना परीक्षण गर्दा थप ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७६ हजार ७५० पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार २ सय ८८ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ९३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ४३५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।