• बैशाख १८ २०८३, शुक्रबार

दाङकी रबिना योगी भारतको गोवाबाट बेपत्ता, खोजि गरिदिन आफन्तको अपील

चैत्र १४ २०७७, शनिबार

गोवा, भारत । दाङ घर भई हाल भारतको गोवा बस्दै आएकी एकजना किशोरी बेपत्ता भएकी छिन् । दाङ बन्गैं निवासी रबिना योगी रोजगारीको सिलसिलामा भारतमा रहेकी थिइन् ।

श्रीमान दिपक योगीको साथमा गोवा गएकी उनी विगत दुई महिनादेखि गोवामा काम गर्दै आएकी थिइन् । उनी मार्च २६ देखि आफ्नै कोठाबाट हराएकी हुन् । उनी सम्पर्कमा नआएपछि उनका श्रीमान दिपक योगीले खोजिका लागि प्रहरीकोमा खबर गरेका थिए । उनका भिनाजू तिलक वलीले आफ्नी सालीलाई खोजि गरिदिन गोवामा रहेका नेपाली दाजुभाईलाई अपिल गरेका छन् ।

उनका आफन्तले भारतमा वा नेपालमा कुनै मानुभावले बेपत्ता योगीलाई फेला पारेमा ७२६३०२८५३८ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् । उनी के कारणले बेपत्ता भइन् भन्ने हालसम्म पनि खुल्न आएको छैन ।