• बैशाख १८ २०८३, शुक्रबार

प्रगतिशील नेपाली समाजको सचिवमा बाँकेका कार्की चयन

चैत्र १४ २०७७, शनिबार

गोवा । प्रगतिशील नेपाली समाज समिति भारत गोवा राज्यको सचिवमा बाँके राप्ती  गाउँपालीका- ४ बैजापुर, सुनारी बिनौंना निवासी अर्जुन कार्की चयन भएका छन् । सो संगठनको मार्च २५ को विस्तारित बैठकले उनलाई सचिवको जिम्मेवारी दिइएको हो । विगत तिन वर्षदेखि निरन्तर संगठनमा काम गर्दै आएका कार्की भद्र स्वभावका रुपमा चिनिन्छन् ।

पेसागत रुपमा होटेल व्यवस्थापनमा कार्यरत उनी गोवामा थुप्रै नेपाली दाजुभाईलाई सो पेसामा आवद्ध हुन प्रोत्साहन गरेका छन् । अहिले उनी गोवाको सुविधा सम्पन्न  सुविधासम्पन्न कमल रेष्टुरेन्टमा कार्यरत छन् । उनले त्यस होटेलमा करिव ३ दर्जनजति नेपालीहरुलाई रोजगारी दिएका छन् । आगामी दिनमा आफू संगठनको काम र आफ्नो पेसालाई सँगसँगै विकास गरेर लैजाने बताएका छन् ।

उनले अब हुने संघ र प्रदेश चुनावमा प्रवास गोवामा बस्ने प्रवासी नेपालीहरुको प्रतिनिधित्व गरेर आफ्नो जिल्लामा चुनावमा प्रतिस्पर्धा गर्न जाने पनि बताए । ११ गत तीन वर्ष पहिला सो संगठनको केन्द्रीय विस्तारित बैठकले उनलाई केन्द्रीय सदस्यमा चयन गरेको थियो । साथै सो संगठनले संगठनको प्रवक्तामा सोही स्थानका केन्द्रीय सदस्य डुक्कु चौधरीलाई जिम्मा दिएको छ ।