• बैशाख १८ २०८३, शुक्रबार

विप्लव नेकपाका नेता लिम्बुलाई १ लाख धरौटीमा छोड्न आदेश

चैत्र १३ २०७७, शुक्रबार

काठमाडौं । बिहीबार पक्राउ परेका विप्लव नेकपाका ताप्लेजुङ जिल्ला सदस्य सक्कल लिम्बुलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ । बिहीबार राती उनलाई पक्राउ गरेर अदालतमा उपस्थित गराइएको ताप्लेजुङका डिएसपी बालनरसिंह राणाले बताए ।

सरकारले २१ फागुनमा विप्लव नेतृत्वको पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्दै सबै मुद्धा खारेज गर्ने सहमति गरेको थियो । तर, ताप्लेजुङ प्रहरीले सो सहमती विपरित विप्लवका नेतालाई पक्राउ गरेको छ । पुरानो मुद्धा बाँकी रहेको हुनाले उनलाई पक्राउ गरिएको डिएसपी राणाले बताए ।

विष्फोटक पदार्थ सम्बन्धी मुद्धामा प्रतिवादी कायम गरिएका लिम्बुलाई जिल्ला अदालत ताप्लेजुङले धरौटीमा छाड्न आदेश गरेको छ । अदालतले १ लाख धरौटीमा उनलाई रिहा गर्न आदेश गरेको जिप्रका ताप्लेजुङका इन्स्पेक्टर मोहन पोखरेलले बताए । अदालतले वारेन्ट जारी गरेको हुनाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।