काठमाडौं, ४० वर्ष भारतको जेलमा बसेर नेपाल फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन् । उनले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामकाबाट नागरिता लिएका हुन् । उनलाई सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुएँलले नागरिकता प्रदान गरे ।
दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि नागरिकता दिलाउन सहजीकरण गरिदिएको थियो ।
कलकत्ताको उच्च अदालतले उनको परिवारले क्षतिपूर्ति मागे कानुनबमोजिम क्षतिपूर्ति दिन भारतीए सरकारलाई निर्देशन दिएको छ । साथै, भारतमा क्षतिपूर्ति माग दाबीका लागि पहल गर्न भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणीकरण प्रमाणपत्र पनि बनाइएको छ । नाता प्रमाणीकरण भएसँग क्षतिपूर्ति मागका लागि प्रक्रिया अघि बढाइने जनाइएको छ ।
उच्च अदालत कोलकाताले तिम्सिनको परिवारले क्षतिपूर्ति मागे दिनू भनी आदेश दिए लगत्तै प्रक्रिया सुरु गर्न नाता प्रमाणिकरण गरिएको भाइ प्रकाशचन्द्रले बताए ।