• बैशाख १८ २०८३, शुक्रबार

असावधानीका कारण कोरोना संक्रमण बढ्यो, लकडाउन हुनसक्छ : स्वाथ्य मन्त्रालय

चैत्र ११ २०७७, बुधबार

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढे पुन लकडाउन हुने जनाएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफ्रङका क्रममा लकडाउन गर्नु सरकारको उदेश्य नभएकाे बतउदै परिस्थितिले त्याहाँ पुर्याउन सक्ने बताइएकाे हाे ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने , ‘सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गर्नुपर्छ । संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ । र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ । त्यसका लागि लकडाउन हुनसक्छ । त्यो सरकारको उदेश्य भने होइन।’

उनले मानिसहरुले कोराना भाइरसबाट सजग नभएका कारणले कोरोना भाइरसको संक्रमण बढेको बताए । ‘अनावश्यक भिडभाड, मास्को उचित प्रयोग नगर्नु, भेटघाट तथा गोष्ठीको आयोजना गर्नु, कोरोना महामारी बृद्धि हुनुको मुख्य कारण हाे।’ उनले भने

भारतमा कोरोना भाइरस तीव्र रुपमा बृद्धि भएका कारण नेपालमा पनि सजग बन्नु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतबाट नेपाल पर्किनेको संख्या पनि उच्च रहेका कारण स्वास्थ्य मन्त्रालयले आवाश्यक सतर्कता अपनाउने पनि जनाएको छ ।

सीमा नाकामा हेल्थ डेस्कमा सक्रिया बनाई मास्क बितरण तथा आवश्यक स्वास्थ्य सामग्री उपलब्धता गराउने व्यवस्था मिलाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ ।

मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ ।