दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।