काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी जेठ ३० गते हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय समितिले आगामी जेठ ३० मा स्ववियु निर्वाचन गर्ने घोषणा गरेको हो ।
विगत ४८ दिनदेखि नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनका लागि अनसन गरिरहेको थियो । त्रिवि र नेविसंघबीच ६ बुँदे सहमति सहित निर्वाचन हुने भएपछि अनसन तोडिएको नेविसंघ नेता भुवन भट्टले जानकारी दिनुभयो ।