कपिलवस्तु । मधेशी पत्रकार समाजद्वारा पत्रकार स्वर्गीय बनारसी बर्मा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गरेको छ ।
कपिलवस्तु नगरपालिका–१ तौलिहवा निवासी बर्माको स्मृतिमा मधेशी पत्रकार समाज जिल्ला शाखाले अक्षयकोष स्थापना गरेको हो ।
अक्षयकोषको लागि मधेशी पत्रकार समाज कपिलवस्तुका अध्यक्ष रमेश मिश्रले ५० हजार एक सय रुपैयाँबाट घोषणा गरेका छन् । सोही क्रममा मधेश मनाव अधिकार गृहका अध्यक्ष रविन्द्र नाथ ठाकुरले १० हजार १ सय, नेपाल प्रेस युनियनका सभापति गोपाल भण्डारीले ५ हजार एक सय, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष भेषराज पाण्डेले रेडियो बुद्ध आवाजबाट ५ हजार एक सय सहयोग गरेका छन् । त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उप महासचिव दिनेश हमालले ५ हजार एक सय, रेडियो तिलौराकोटका अध्यक्ष अनिल तिवारीले ५ हजार एक सय र निल खबरकार शुरेश कुमार पाण्डेले ५ हजार एक सय सहयोग गरेका छन् ।
यो अक्षयकोष स्थापना गर्न १० लाखको लक्ष्य लिएको समाजका अध्यक्ष मिश्रले बताए । सो रकमको प्राप्त व्याजबाट प्रत्येक बर्ष एक जना उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्ने उनले बताए ।
मधेशी पत्रकार समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष समेत रहेका बर्मा विगत ३ दशक देखि पत्रकारिता पेशामा अबद्ध रहेका थिए । उनले नेपाल टेलिभिजनमा विगत २ दशक देखि कार्यरत रहेका थिए । उनले मधेशी युवाहरुको हक अधिकारका संरक्षण तथा पत्रकारितामा अकार्षित गराउन अग्रणी भुमिका निर्वाह गरिरहेका थिए । उहाको स्वर्गरोहण गत भाद्र २२ गते भएको हो ।