भारतको गोवामा एक महिलालाई लागेको क्यान्सर (अबुर्द) रोग उपचारको लागि आर्थिक अभाव भएको छ। भारतको गोवा शहरमा केही वर्षदेखि मजदुरी गर्दै आएकी रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वार्ड नम्बर ६ स्थाई घर भएकी ५७ वर्षिया नन्दकला परियारसन् २०१३ मा स्तन क्यान्सर भएपछी गोवा मेडिकल कलेजमा प्राथमिक उपचार गराएकी थिइन्।
तर आठ वर्षापछि अहिले फेरी सोहि गोवा मेडिकल कलेजमा स्वास्थ्य परिक्षण गराउदा उनको पुठ्ठाको (हिप) बाँयापट्टि फेरी क्यान्सर भएको अस्पतालले पुष्टि गरेको छ। गोवामा थप उपचार हुन नसक्ने भन्दै गोवा मेडिकल कलेजले उपचारको लागि उनलाई मुम्बई स्थित टाटा अस्पातलमा रिफर गरेको छ। पुट्ठाको बाँया पट्टिको जोर्नीको हड्डीमा भएको क्यान्सरको शल्यक्रिया (अपरेशन) गरेर पुरानो हड्डी निकालेर नयाँ प्लेट राख्नुपर्ने डाक्टरहरुको भनाई रहेको छ।
टाटा अस्पतालमा यसको उपचारको लागि नेपाली रुपैयाँ कम्तिमा १० लाख लाग्ने देखिन्छ। क्यान्सर पिडित नन्दकलाको आर्थिक अवस्था एकदमै कमजोर रहेको हुनाले त्यत्रो आर्थिक खर्च जुटाउन सक्ने उनको सम्भावना छैन। उनी आफ्नो जीवन रक्षा गरिदिन दाता तथा विभिन्न सँघसँस्थासँग अपिल गर्दछिन्। उनको छोरा जीवन परियारले आफ्नो आर्थिक अवस्था एकदमै कमजोर भएकोले आमाको ज्यान बचाइदिन गोवामा कार्यरत र संसारभरिका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई अपिल गरेका छन्।
त्यस्तै नन्दकलाको जीवन रक्षाको लागि गोवामा कार्यरत नेपालीहरुले संयुक्त्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाको संयोजकत्वमा ११ सदस्यीय नन्दकला आर्थिक सहयोग समिति गठन गरेका छन्। जसमा
प्रकाश थापा संयोजक = +९१ ९८९०२७७८१७
गणेश चन्द = +९१ ९१५६११६२३३
बसन्त चौहान = +९१९१ ३६८४ ४३१८
प्रकाश =+९१ ७२१९३८५११४
रमेश पुन = +९१ ७०३०२०२३०४
प्रकाश ओली = +९१ ९३७३०३११५२
बालाराम शिर्पाली = +९१ ७९७२२८५२७२
महेन्द्र पुन = +९१ ९०४९३११०३३
झरन परियार = +९१ ९३५९१३१७३३
बिरामी नन्दकलाका छोरा जीवन परियार = +९१ ९०९६६९९५४७
आर्थिक सहयोगको लागि पिडित नन्दकला परियारकि छोरीको बैंक खाता
Account Name-Mrs.Bhabana Pariyaar
Bank Name-corporation Bank
Branch- Panaji,Goa
Bank Account Number-520181001939201
IFSC Code-CORP0001255 ,