• बैशाख १८ २०८३, शुक्रबार

राष्ट्रिय जनगणनाको सवालमा छलफल सम्पन्न

चैत्र ८ २०७७, आईतवार

– नारद कोहार
कपिलवस्तु । आफ्नो जात जातिको उत्थानको लागि सबै एक भएर जानु पर्ने नेपाल प्रजापति (कुम्भकार) संघका केन्द्रिय अध्यक्ष रामानन्द पण्डितले बताउनु भएको छ ।

रुपन्देहीको पौवा होटलमा बसेको नेपाल प्रजापति (कुम्भकार) संघका केन्द्रिय कार्य समितिको बैठकमा सो कुरा बताएका छन् । विभिन्न निर्णय सहित उक्त बैठक सम्पन्न भएको छ ।

बैठकमा अगामी जेठमा हुन लागेको राष्ट्रिय जनगणनाको सवालमा छलफल गरिएको केन्द्रिय अध्यक्ष पण्डितले बताए ।

नेपाल भरि माटोको भाँडो बनाउने कुम्हार समुदायका व्यक्तिहरुले लेखाउने विभिन्न थरहरु जस्तै पण्डित, पणित, कोहार, प्रजापति, चक्रवर्ति, वर्मा लगायतका थरहरुलाई एक ठाँउमा समेट्नको लागि छलफल तथा निर्णय भएको उनले बताए । उनले अगामि २०७८ को जनगणनामा सम्पूर्ण थर लेख्ने व्यक्तिहरुले राष्ट्रिय जनगणनाको फारममा जातियको महलमा कुम्हार लेखाउन अग्राह गरेका छन् ।

कुम्हार जातिले गरिरहेका परम्परागत पेशालाई अधुनिकीकरण गरी लैजानु पर्ने संघका महासचिव सुरज पण्डितले बताए । पेशालाई अधुनिकीकरण गर्न विभिन्न किसिमका सिप मुलक तालिम, उत्पादन भएको माटोका समाग्रीलाई बजरीकरण गर्नु पर्ने उनले बताए ।

बैठकमा संघकी केन्द्रिय सदस्य एवम् पाल्हीनन्दन गाँउपालिका नवलपरासीकी उपाध्यक्ष पवित्रा कोहारले जातिय उत्थाल र विकासका लागि सबै एक भएर जानु पर्ने बताइन् । विभिन्न थर लेखेर हाम्रो समुदाय पछाडि परेको उनले बताईन् । उनले भनिन हामी आफ्नो कला र संस्कृतिलाई लुकाएर राख्न नहुने बताइन् ।

बैठकमा नेपाल प्रजापति (कुम्भकार) संघका केन्द्रिय समितिका पदाधिकारी, कपिलवस्तु, नवलपरासी र रुपन्देहीका संघका प्रमुख एवम् प्रति निधि लगायतको उपस्थिति रहेको थियो । बैठक संघका केन्द्रिय अध्यक्ष रामानन्द पण्डितको अध्यक्षता र राम जनम पण्डितको सञ्चालनमा भएको कार्यक्रमको व्यवस्थापन कुञ्ज विहारी कोहारले गरेका थिए ।