काठमाडौँ । नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार रहने महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । अग्नि खरेलले पदबाट राजीनामा दिएलगत्तै बडाल महान्यायाधिवक्ता सिफारिस भएको बालुवाटारस्थित स्रोतले जनाएको छ ।
महान्यायाधिवक्तालाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।