• बैशाख १४ २०८३, सोमबार

जनकपुरमा एक युवक दुई थान पेस्तोलसहित पक्राउ

माघ ६ २०७७, मंगलवार

जनकपुरधाम । जनकपुरमा एक युवक दुई थान पेस्तोलसहित पक्राउ गरिएको छ । दुई थान कटुवा पेस्तोलसहित एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका–१९ बाभनविघाबाट प्रहरीले कटुवा पेस्तोलसहित युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउपालिका–१ सोहनी टोलका रामसिकेश यादवका १८ वर्षीय छोरा बिबेक यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई विशेष सूचनाको अधारमा पुलचोकस्थित ५२ बिघाबाट पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।