• बैशाख १३ २०८३, आईतवार

पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

माघ १ २०७७, बिहीबार

काठमाडौँ। पूर्वमन्त्री, संविधानसभा सदस्य तथा भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द यादवको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका यादवको विहिबार विहान निधन भएको हो।

कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेपछि बाँकेबाट उपचारका लागि यादवलाई काठमाडौंस्थित ग्राण्डी अस्पतालमा लगिएको थियो ।
७५ वर्षीय यादवलाई मुटुसम्बन्धी समस्या समेत रहेको थियो । यादव सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री, संविधानसभाका सदस्य, हाल भूमि व्यवस्थापन तथा सुकुम्बासी आयोगका सदस्य तथा नेकपाको बाँके जिल्ला इन्चार्ज थिए ।