• बैशाख १३ २०८३, आईतवार

मोटरसाइकल चोरी गर्ने गिरोहका तीन पक्राउ

पुष २७ २०७७, सोमबार

भक्तपुर । मोटरसाइकल चोरीमा पटकपटक संलग्न हुदै आएका गिरोहलाई भक्तपुरमा प्रहरीले पक्राउ गरेको कछ । महानगरीय प्रहरी प्रभाग सिरुटारको टोलीले दुईवटा चोरेको मोटरसाइकल सहित नुवाकोट स्थायी घर भएका २९ बर्षिय सुनिल तामाङ, वीरगञ्ज स्थायी घर भएका २० वर्षीय पप्पु पटेल र धादिङ स्थायी घर भएका २५ वर्षीय राजन लामालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले राजन लामाले चलाउँदै आएको बा.९५ प. ६४०५ नंको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेपछि थप अनुसन्धानका क्रममा अर्को चोरीको मोटरसाइकल सूर्यविनायक नगरपालिका–१ बिरुवामा सञ्चालित बिन्ध्यबासिनी बर्कसपबाट बा.७२प. ७९४९ नंको मोटरसाइकल बरामद गरेको उनले जानकारी दिए । अनुसन्धानका क्रममा व्यावसायिकरुपमा पटकपटक मोटरसाइकल चोरी तथा किनबेच गर्दै आएको गिरोह रहेको खुलासा भएको प्रहरीको भनाइ छ ।