• बैशाख १३ २०८३, आईतवार

भेटेरिनरी अस्पताल प्रयोगशालाको मन्त्री पौडेल उद्घाटन

पुष २६ २०७७, आईतवार

बाँके । लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री आरती पौडेलले माछामा देशलाई आत्मनिर्भर बनाउन माछापालन व्यवसायमा अनुदानको व्यवस्था गरिने बताएकी छन । आज बर्दियाको भेटेरिनरी अस्पतालमा प्रयोगशालाको उद्घाटन गर्दै उनले माछापालनमा आकर्षण बढाउन अनुदानसँगै सहुलियत कर्जाको सुविधा प्रदान गरिने बताएकी हुन । प्राकृतिक खोलानालामा पनि माछापालन गर्ने प्रदेश सरकारको योजना रहेको उनको भनाइ छ ।

कार्यक्रममा कृषि अनुसन्धान परिषद्का प्राविधिक मोहम्मद सद्दाम हुसेनले माछापालनमा देखिएका समस्या समाधानका बारेमा प्रकाश पारेका थिए । मस्य विकास अधिकृत श्रवणकुमार चौधरीले बर्दियामा माछापालनको अवस्थाको बारेमा जानकारी दिए । उक्त अवसरमा किसानले माछापालनमा अनुदान तथा कृषि ऋणमा छुट हुनुपर्ने, दानाको समस्या समाधान गर्नुपर्नेलगायतका माग राखेका थिए ।