• असार ५ २०८१, मंगलवार

प्रधानमन्त्री ओलीको विकल्प छैन : मन्त्री महतो

पुष २५ २०७७, शनिबार

जलेश्वर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तराई मधेशको विकासका लागि प्रधानमन्त्री केपी ओलीको विकल्प नरहेको बताएकी छन।

महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा नव निर्मित पुलको शिलान्यास गर्दै मन्त्री महतोले प्रधानमन्त्री ओलीकै कार्यकालमा तराई मधेशमा थुप्रै विकासका योजना आएको र बहुप्रतिक्षित हुलाकी सडक जस्तो तराईको ‘लाइफलाइन’को काम पनि दु्रतगतिमा अगाडि बढेकोले यहाँको विकासका लागि उनको विकल्प नरहेको बताइन ।

उनले भौतिक विकासका लागि पुल, पुलेसा, नदीनाला, सडक तथा शैक्षिक औद्योगिक र कृषि विकासका लागि पनि रु अर्बौको बजेट प्रधानमन्त्री ओलीकै कार्यकालमा आएको भन्दै तराई मधेशको चौतर्फी विकासका लागि उनको महत्वपूर्ण भूमिका रहेको बताइन।

नेकपा नेताहरु रामदयाल मण्डल र नेता रामआधार कापरले प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टीमा कुनै विवाद नरहेको र देश नयाँ दिशामा अगाडि बढिरहेकोले तोकिएको मितिमा हुन गइरहेको निर्वाचनमा सबै जनतालाई सहभागिता जनाई सहयोग गर्न अपिल गरेकी छन ।

मटिहानी–८ स्थित विग्ही नदीमा नेपाल सरकारको रु सात करोड, ६७ लाख २६ हजार २०१ बयानब्बे पैसमा ५० मिटर लामो पुल निर्माण भइरहेको छ र सो पुल कालिका कन्स्ट्रक्सन प्रालि भरतपुर चितवनले ठेक्का हात पार्दै निर्माण गरिरहेको छ ।