काठमाडौँ। न्यादी हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको एक करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बिहीबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कम्पनीको पहिलो सेयर कारोबारका लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ । अब यही रेञ्जमा रहेर कम्पनीको सेयर कारोबार खुल्नेछ।
सामलिङ्ग पावर कम्पनीको सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।
अब बिहीबारबाट यसको सेयर कारोबार पनि खुला हुनेछ । कम्पनीले सर्वसाधारणमा वितरण गरेको सात लाख ३० हजार कित्ता, आयोजना प्रभावित बासिन्दाहरूका लागि निष्काशन गरेको पाँच लाख कित्ता र संस्थापकहरूले लगानी गरेको ३७ लाख ७० हजार कित्ता गरी ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि न्युनतम ९८ रुपैयाँ ७७ पैसा देखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यसअनुसार कम्पनीको सेयर बिहीबारबाट कारोबारमा आउनेछ ।