काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै आज तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी बुधबार तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।