काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।