• मंसिर १४ २०८१, शुक्रबार

टोङ्गामा पहिलो पटक देखियो कोरोना

कार्तिक १३ २०७८, शनिबार

काठमाडौँ। प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भएयताकै पहिलो कोभिड सङ्क्रमण पुष्टि भएको छ। शुक्रबार टोङ्गामा महामारी सुरु भएयताकै पहिलो कोभिड पुष्टि भएसँगै त्यहाँका मानिसहरू कोभिड खोप लगाउन हतारिएका छन्।

उडानमार्फत न्यूजील्यान्डबाट आएका एक जना पूर्ण मात्रा खोप लगाएका मानिसमा सङ्क्रमण पुष्टि भएको थियो

अर्को सातादेखि मुख्य द्विप टोङ्गाटपुमा लकडाउन हुनसक्ने त्यहाँका प्रधानमन्त्री पोहिभा तुएनिटोआले बताएका छन्। टोङ्गा कोभिड सङ्क्रमण नपाइएको अन्तिममध्येको देश थियो।

उक्त टापु देशमा एक लाखभन्दा धेरै मानिसहरू बस्छन् जुन न्यूजील्यान्डभन्दा उत्तर पश्चिममा अवस्थित छ।

बीबीसीका अनुसार टोङ्गाका एकतिहाइ जनसङ्ख्याले मात्र पूर्ण मात्रा खोप लगाएका छन्।

तर त्यहाँको राष्ट्रिय खोप कार्यक्रम संयोजकले खोप लगाउन हजारौँ मानिसहरू केन्द्रहरूमा जम्मा भएको बताएका छन्।

सङ्क्रमित व्यक्ति घर फिर्तीका लागि न्यूजील्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २१५ जनामध्येका एक रहेको जनाइएको छ।
सो उडानमा रहेका अन्य यात्रुमा टोङ्गाको ओलिम्पिक्स टोली पनि छ जो टोक्यो ओलिम्पिक्सयता न्यूजील्यान्डमा रोकिएको थियो।

न्यूजील्यान्डको स्वास्थ्य मन्त्रालयले आफ्नो देश छाड्ने बेलामा ती व्यक्तिमा कोभिड नदेखिएको जनाएको छ।

तर टोङ्गाका अधिकारीहरूले नियमित परीक्षणका बेला बिहीवार सङ्क्रमण पुष्टि भएको जनाएका छन्।

त्यस्तो परीक्षण त्यहाँ अनिवार्य गरिएको एकान्तबासका हुने गर्छ।