• मंसिर १२ २०८१, बुधबार

एक मौकाको प्रतिक्षा

आश्विन १६ २०७८, शनिबार

(१)

अन्धकार यो परिधि मन शुन्यतामा ।

तिम्रो तस्बिर मलाई हेर्दै विवशतामा ।।

न आफुलाई परिपूर्ण देख्छन् अरुलाई ।

तिमी मलाई दुख्दछ बाहेक सबैलाई ।।

(२)

नजिक पर केवल तिम्रो मौका पर्खन्छु ।

आफैभित्र तिम्रो सुन्दर मुहार हेर्दछुँ ।।

कसम खान्छु बरु तिमीलाई कुर्दछुँ ।

जुनीजुनीभर तिम्रो हुँनेछुँ ।।

(३)

तिम्रो पवित्र मुटुमा राखेको पनि देख्दछुँ ।

अन्तिम पललाई मेरो पर्खाइले देख्दछुँ ।।

बरु पर्खि बस्छु म तिम्रो हुँने हुँनेछुँ ।

एक मौकाको लागि कुर्दछुँ ।।

(जन्मस्थान : वीरगंज, हाल कोपुण्डोल ललितपुर)