• फाल्गुन २८ २०८२, बिहीबार

एमालेबाट चोइटिएर गएकाहरु मासिएर जान्छन् : ईश्वर पोखरेल

आश्विन २ २०७८, शनिबार

काठमाडौँ। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीबाट फुटेर जानेहरूको कुनै राजनीतिक भविष्य नरहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेलामा सम्बोधन गर्दै पार्टीबाट छुटेकाहरूको कुनै राजनीतिक भविष्य नरहेको बताए। पार्टीबाट विभाजन रोजेकाहरू समाप्त हुने गरेको इतिहास रहेको उनको भनाइ थियो।

‘एमालेबाट चोइटिएर जानेहरू सकिन्छन्। मासिएर जान्छन्,’ उनले भने, ‘विभाजनमा जानेहरूको भविष्य अन्धकारमा जान्छ। उनीहरूको भविष्य अँध्यारो सुरूङभित्र पसिसकेको छ।’