• बैशाख २८ २०८३, सोमबार

काठमाडौँको जोरपाटीबाट करिब ५ लाख नगदसहित २० जुवाडे पक्राउ

आश्विन २ २०७८, शनिबार

काठमाडौंको जोरपाटीबाट चार लाख ७४ हजार नगदसहित २० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित तिब्बतियन क्याम्पभित्र घर रहेका धावा ढुण्डुपको घरबाट उनीहरुलाई पक्राउ गरेको हो।

जुवा खेलिरहेको स्थानबाट २० बुक तास, क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिहरुको नाममा काटेका २८ थान चेक र १०० थान कौडा पनि प्रहरीले बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीलेले जनाएको छ।