• बैशाख २८ २०८३, सोमबार

नक्कली नोटसहित दुई भारतीय पक्राउ

आश्विन २ २०७८, शनिबार

महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरूको साथबाट रु.१००० हजारका २२ थान, रु.५०० का तीन थान, रु.१०० का २७ थान, रु.५० का छ थान, रु.२० का आठ थान, रु.१० का ११ थान, रु.५ का छ थान र भारु १०० का तीन थान नोट बरामद गरेको थियो।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।