काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।
प्रदेश सभाको नवौं अधिवेशनको पाँचौँ बैठक सुरु भएलगत्तै प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेका थिए । प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेर अवरोध गरेपछि एक घण्टाका लागि बैठक स्थगित गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।
उनीहरुले पार्टीले प्रदेशसभाका दुई सदस्यलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका थिए ।