• बैशाख २८ २०८३, सोमबार

मन्थलीमा जिप दुर्घटना, चालकसहित तीन जनाको मृत्यु

भाद्र ३१ २०७८, बिहीबार

मन्थली। रामेछापको मन्थलीमा जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको यात्रुवाहक जिप बिहीबार बिहान मन्थली नगरपालिका–६ कुनौरी भिरमा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु भएका मध्ये चालक लाक्पा शेर्पाको मात्र पहिचान खुलेको छ। अन्य दुई जनाको भने पहिचान भैनसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

दुर्घटनामा घाइते भएका १२ वर्षीय पेम्बा शेर्पालाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।