• फाल्गुन २८ २०८२, बिहीबार

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

भाद्र ३१ २०७८, बिहीबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच बुधबार राति शितल निवासमा भेटवार्ता भएको हो ।

राष्ट्रपति भण्डारीलाई भेट्न ओली बुधबार राति ८ बजे शीतलनिवास पुगेका थिए। राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच झण्डै दुई घण्टासम्म भएको छलफलमा एमाले पार्टी, संसद् बैठकलगायत समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको स्रोतले जनाएको छ।

पछिल्लोपटक प्रधानमन्त्री पदबाट हटेपछि गत साउन ८ गते पनि ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।