• बैशाख २८ २०८३, सोमबार

तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

भाद्र ३१ २०७८, बिहीबार

काठमाडौँ। काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। गएराति तारकेश्वर नगरपालिका ७ फुटुङमा बा ३५ प ५२ ५० नम्बरको मोटरसाइकल दुर्घटना हूँदा सोही ठाउँका ३० वर्षीय सुरेश लामाको मृत्यु भएको हो।

तीव्र गतिमा रहेको मोटरसाइक बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका लामालाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा राति नै उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।

उनी तारकेश्वर ८ गैरीगाउँ निवासी हुन्।