पानी पिउनु अत्यन्त जरूरी छ । अझ जरुरी तातो पानी पिउनु पर्दछ । यश कारण तातो पानी पिउनुपर्छ कि यसले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिन्छ ।
एकाबिहानै एक गिलास तातो पानी पिउँदा शरीरलाई भित्रैदेखि सफा गर्छ। पाचन प्रक्रिया सही नहुनेले दिनमा दुई पटक तातो पानी खानुपर्छ। बिहानै तातो पानी खाँदा शरीरमा भएका विषाक्त तत्त्व बाहिर निस्किन्छन्। जसले गर्दा पाचन प्रक्रिया सही रहन्छ।
तातो पानी पिउनुका फाइदा
–कब्जियतको समस्या भएकाहरूले तातो पानी खाँदा फाइदा हुन्छ। हरेक बिहान एक गिलास तातो पानी खाँँदा शरीरलाई फाइदा पुग्छ।
–बिहान र हरेक पटक खाना खाइसकेपछि एक गिलास तातो पानीमा कागती र मह मिसाई खाँदा शरीरमा भएको बोसो घट्छ। कागतीमा भएको तत्त्वले पटक–पटक भोक लाग्न दिँदैन।
– खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउकोदुखाइ, पेटमा ग्यास भरिने समस्या भाग्छन् ।
–चिसोले घाँटी दुख्दा तातो पानी खानुपर्छ। त्यसमा अलिकति नुन मिसाएर खाँदा अझै लाभ मिल्छ।
– तातो पानीमा कागती र मह मिसाई खाँदा झन् फाइदा हुन्छ।
–महिनावारीका बेला कतिपय महिलालाई पेट दुख्ने समस्याले सताउँछ। त्यसो हुँदा तातो पानीमा सुकुमेलको धुलो मिसाई खानुपर्छ।
– छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ । यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ ।