• बैशाख २८ २०८३, सोमबार

खोलामा डुबेर २ जनाको मृत्यु 

भाद्र ३० २०७८, बुधबार

मकवानपुर । भिमफेदी गाउँपालिका-५ सुपिङ् भन्ने स्थानको धुनदुरे खोलामा डुबेर २ जनाको मंगलबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेहरुमा  सोही ठाउँ बस्ने २२ वर्षीय नविन दोङ् र २१ वर्षीय राजन दोङ् रहेका छन् । उक्त खोलामा पाहा मार्न गएको अवस्थामा ढुङ्गाबाट चिप्लिई लड्दा डुबेर मृत्यु भएको अवस्थामा उनीहरुको शव फेला परेको  हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।