• मंसिर १२ २०८१, बुधबार

सकियो मगर मोर्चाको बैठक, गरियो राष्ट्रिय सम्मेलनको तयारीमा लाग्ने निर्णय

भाद्र ३० २०७८, बुधबार

घोराही । नेकपा निकट मगर मुक्ति मोर्चा राप्ती क्षेत्रीय समन्वय समितिको बैठक सम्पन्न भएको छ । क्षेत्रीय संयोजक भीमप्रकाश पुनमगरको अध्यक्षतामा बसेको बैठकले आगामी मंसीर १२ र १३ गते हुने मोर्चाको राष्ट्रिय सम्मेलनका लागि तयारीमा लाग्ने निर्णय गरेको छ ।

बैठकले असोज १८ गते प्यूठान, कात्तिक ६ गते सल्यान, कात्तिक ८ गते रुकुम पश्चिम, कात्तिक १० गते रोल्पा, कात्तिक १२ गते दाङ जिल्लाका जिल्ला सम्मेलनहरु गर्ने मिति पनि तय गरेको छ ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज बलबहादुर वली ‘शितल’ले समसामयिक राजनीतिक परिस्थितिका बारेमा प्रशिक्षण दिएका थिए ।

बैठकमा सो मोर्चाका केन्द्रीय सचिवालय सदस्य इन्द्रबहादुर घर्तीमगर र दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष सम्झना विकपनि उपस्थिति थिए ।