• फाल्गुन २८ २०८२, बिहीबार

ओली बुटवल जाने भएपछि प्रदेश सभा बैठक स्थगित

भाद्र ३० २०७८, बुधबार

बुटवल । लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिपक्षी नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ ।

यसअघि १७ पनि प्राविधिक कारण देखाउँदै आज ३० गतेसम्म सारिएको थियो । एमाले अध्यक्ष केपी ओली रुपन्देहीमा पार्टी कार्यक्रममा आउने भएपछि प्रदेश सभा बैठक स्थगित गरेको हो ।

एमाले संसदीय दले अध्यक्ष ओली बुटवल आएपछि सोही कार्यक्रममा व्यस्त हुने जानकारी गराएपछि एक दिनलाई बैठक सारिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए ।