कफी स्वास्थ्यका लागि फाइदाजनक छ । चिया खाने सबैको बानी हुन्छ । तर आजकल कफिमा पनि धेरैको मन बढेको छ । कफि पिउनेहरु पनि निकै नै हुन्छन् । कफि पिउने बानी मात्र होइन कफि स्वास्थ्यका लागि पनि धेरै नै फाइदाजनक छ ।
– कफीमा पाइने क्याफिन नामक तत्वमा मस्तिष्कलाई प्रभाव पार्ने औषधीय गुण हुने भएकाले यसले शरीरमा ऊर्जा प्रदान गर्छ ।
– प्रत्येक कप कफीले डायबिटिज हुने खतरालाई ७ प्रतिशत कम गर्छ ।
– कफीमा पाइने क्याफिन पार्किन्सनका बिरामीका लागि उपयोगी मानिन्छ ।
– नियमित कफी पिउँदा क्यान्सर र कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना केही हदसम्म कम गर्छ ।
– नियमित कफी पिउने मानिसको आयु अन्य व्यक्तिभन्दा बढी हुन्छ । साथै, कफीले हृदयाघात र मस्तिष्कघात हुने सम्भावनासमेत कम गर्छ ।