काभ्रे । काभ्रेमा ट्रक भित्रै बालिका बलात्कृत गरिएको छ । काभ्रे बनेपा नगरपालिका साझा पेट्रोल पम्प अगाडी ट्रकका चालक र सह–चालकबाट १३ वर्षिय बालिका बलात्कृत भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाका अनुसार उनीहरु दुवैजनालाई मंगलबार आज धुलिखेल–७, धुलिखेल चोकबाट ट्रक सहित झापा जिल्ला हल्दीबारी गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ३२ को चालक हर्क बहादुर बिश्वकर्मा र सह–चालक जिल्ला मोरङ्ग उर्लाबारी नगरपालिका वडा नं. ०१ बस्ने वर्ष १८ को निदिप धिमाललाई पक्राउ गरिएको छ ।
गत भदौ २६ गतेका दिन राती १२ वजेको समयमा भक्तपुर नगरपालिका वडा नं. ०१ श्रृजनानगर स्थित सडक खण्डमा पूर्व तर्फ जानको लागि भनि गाडी कुरिरहेकी वर्ष १३ की बालिकालाई एकिन नम्बर नखुलेको ट्रकले गन्तव्य सम्म पु¥याइदिने भनि उक्त गाडीमा राखी ल्याएको अनुसन्धानमा खुलेको डिएसपी खतिवडाले जानकारी दिए ।
राती १ बजेर ३० मिनेटकोसमयमा बनेपा नगरपालिका वडा नं. १२ मा रहेको साझा पेट्रोल पम्प अगाडी गाडी रोकी सोही गाडी भित्रै चालक र सह–चालक दुवै जना मिलि पालै पालो जबरजस्ती करणी गरी निज बालिकालाई गन्तव्य सम्म नपु¥याई सोही स्थानमा छाडी फरार भएका थिए ।
प्रहरीका अनुसार पीडित बालिका आफूलाई जबरजस्ती करणी भए पश्चात गन्तव्य तर्फ नगई पून भक्तपुर तर्फ साझको समयमा एक्लै विक्षिप्त रुपमा हिडिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो । प्रहरीले सोधपुछ गर्दा आफुलाई नम्बर नखुलेको ट्रक चालकले भक्तपुर नगरपालिका वडा नं. ०१ श्रृजनानगरबाट आफ्नो गन्तव्यसम्म सम्म पु¥याई दिन्छु भनि बनेपा–१२ जनागाल स्थित साझा पेट्रोल पम्प अगाडी गाडी रोकी सोही गाडी भित्र चालक र सह–चालक दुवै जना मिलि पालै पालो जबरजस्ती करणी गरेको भनी बताएको प्रहरीले जनाएको छ । त्यसपछि तत्काल पीडितलाई आफन्तको जिम्मा लगाई अनुसन्धान प्रारम्भ गरिएको थियो ।