• बैशाख २८ २०८३, सोमबार

१६ वर्षीया किशोरी बनिन् एक दिने गाउँपालिका अध्यक्ष

भाद्र २९ २०७८, मंगलवार

मोरङको बुढीगंगा गाउँपालिकामा एक दिनको लागि १६ वर्षीया किशोरी अध्यक्ष बनेकी छन्। ५७ औं राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिने गाउँपालिका अध्यक्षको जिम्मेवारी दिइएको हो। उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका अध्यक्षले गर्ने सबै काम गर्न पाउने छिन्।

बालबालिकाहरुलाई स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति दिलाउने उद्देश्यले बाल दिवसको दिन जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै उनले आजै एउटा स्वास्थकेन्द्र र एक विद्यालयको अनुगमनसमेत गर्ने कार्यक्रम तय भएको छ।