• बैशाख २८ २०८३, सोमबार

एमालेको विरोधकैबीच प्रतिनिधि सभामा विनियोजन विधेयक पेस

भाद्र २९ २०७८, मंगलवार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक–२०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठक सुरु भएसँगै एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । तथापि, सभामुख अग्निप्रसाद सापकोटाले बैठकको प्रक्रिया अघि बढाएका हुन् ।

विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।