• फाल्गुन २८ २०८२, बिहीबार

राष्ट्रियसभा बैठकमा पनि एमालेको अवराेध‚ बैठक १५ मिनेटका लागि स्थगित

भाद्र २८ २०७८, सोमबार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेको छ। । सोमबार बैठक सुरु भएपछि एमालेका सांसदहरुले आ आफ्नो स्थानबाट उठेर विरोध जनाए ।

एमालेले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर संसद अवरोध गरिरहेको छ । एमाले विभाजनमा सभामुखको भूमिका रहेको उसको आरोप छ । यही विषयलाई लिएर राष्ट्रियसभा बैठक पनि अवरोध गरिएको हो ।

एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेपछि सभाअध्यक्ष गणेश तिम्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।