काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
आजको बैठकमा क्रियाशिल सदस्यताको विवाद तथा महाधिवेशनको सम्बन्धमा छलफल गरिने जनाइएको छ ।