• फाल्गुन २८ २०८२, बिहीबार

सत्तामा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृति विरुद्ध लड्नुपर्छ : माधव नेपाल

भाद्र २७ २०७८, आईतवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीभित्र ‘अहंकारवाद’विरुद्ध लडनुपर्नेमा जोड दिएका छन्।

‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा बिमोचन गर्दै उनले सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको हुँदा त्यस विरुद्ध लड्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

उनले भने, ‘आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्दै गैरकम्युनिष्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौं। अनि सत्तामा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृति पनि देखिरहेका छौँ।”

उनले यस्ता सबै खालका गैरसर्वहारा वर्गीय चिन्तनलाई परास्त गर्नुपर्नेमा जोड दिएका थिए ।