काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका सबै सांसदलाई मर्यादित भएर प्रस्तुत हुन निर्देशन दिएका छन् ।
एमाले संसदीय दलको आइतबार बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा उनले मर्यादित भएर संसद् अवरुद्ध कायमै राख्न निर्देशन दिएका हुन् ।
“माइकले हान्ने पार्टीको कुनै पनि योजना थिएन, काँध चढेर मर्यादापालकको घेरा तोड्न खोजेजस्तो देखियो, त्यस्तो होइन, हामी मर्यादापालकको घेरा तोडेर जान चाहदैनौँ”, उनले भने, “मर्यादा पालकले पनि हामीलाई स्थान दिनुपर्छ, ठाउँ नहुँदा तनावको स्थिति सिर्जना हुन्छ ।”