• बैशाख १९ २०८३, शनिबार

माओले जस्तै मैले पनि एक्लै छु भन्नुपर्ने हो कि !

भाद्र २७ २०७८, आईतवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओले झैं म एक्लो छु भन्नुपर्ने अवस्था त आउने होइन भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङको ‘नेपाली कम्युनिस्टको कार्यदिशा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले चिनियाँ जनक्रान्तिका महानायक माओत्सेतुङको जीवनी सुनाउँदै आफू पनि कहिलेकाहीँ त्यस्तै गरी एक्लै परिने पो हो कि भन्ने चिन्ता लाग्ने गरेको बताए।

माओसेतुङको उदाहरण दिँदै उनले भने, ‘मलाई श्रीमतीको पनि विश्वास छैन भनेर माओले भनेकै हो । कहिलेकाहीँ म पनि यस्तै सोच्छु– म पनि एक्लै पो हुने हो कि ! कहिलेकाहीँ दिमागमा त्यस्तो चित्र पनि आउँछ । त्यसैले त्यसतर्फ चिन्तन, मनन पनि गरिदिनुहोला ।’

साथै, उनले आफू कम्युनिष्ट आन्दोलनलाई बीच बाटोमै छाडेर जान नसकेको र जिम्मेवारी बोध भई पदमा टाँसिएर बस्न मन पनि नलागेको बताए।