काठमाडौँ। सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् ।
आइतावर बसेको प्रतिनिधि सभा बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी शुरू गरेपछि सापकोटाले बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरे ।
सापकोटाले भने ‘विश्वव्यापी रुपमा मान्यता छ, आफ्नो अधिकारको कुरा गर्दा अरूको अधिकारको सम्मान गर्नुपर्छ । अन्य दलका सांसदले आफ्नो क्षेत्रका समस्याबारे बोल्नका लागि तपाईंहरूले वातावरण बनाइदिनुस् । आफ्नो अधिकारको कुरा गर्दा अरूको अधिकारको सम्मान गर्नु उच्चतम कुरा हो,’ ।