• फाल्गुन २८ २०८२, बिहीबार

संसदमा अवरोध रोकिँदैन, जारी रहन्छ : ओली

भाद्र २७ २०७८, आईतवार

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदमा जारी अवरोधलाई निरन्तरता दिने बताएका छन्। आइतवार नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले भने ‘संसद अवरोध जारी रहन्छ र जारी राख्नुपर्छ।’

उनले गठबन्धन सरकार सभामुखको मनासय ठीक नरहेको भन्दै संसदमा रहेको अवरोधलाई जारी राख्न सांसदहरुलाई निर्देशन दिए।

उनले सभामुख अग्निप्रसाद सापकोटासँग आक्रोश पोखेका छन्। ‘हाम्रो पार्टी फुटाउन सभामुखले खेलेको भूमिका जगजाहेर नै छ। सभामुखको षडयन्त्रपूर्ण संलग्नता देखिएको छ एमाले फुटाउने काममा’, ‘सभामुखबाट कानुनविपरीत मर्यादाहीन काम भएको छ।’

सभामुखले पदको दुरुपयोग गरेकाले त्यसको विरोधका लागि संसदको अवरोध नहटाइने उनले बताए। ‘संसदमा अवरोध गर्न हुन्छ। अवरोध गर्नुपर्छ। पदको दुरुपयोग गर्नेमाथि गम्भीर प्रश्न उठेको छ’, उनले भने,