काठमाडौँ। मन्त्रिपरिषद विस्तार गर्न बसेको सत्ता साझेदार पाँच दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल गर्न बसेको बैठकमा आज पनि मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेन ।
बैठकमा मन्त्रिपरिषद विस्तार बारे नै छलफल भए पनि ठोस सहमति जुट्न नसकेको स्रोतको भनाइ छ । यसले गर्दा दुई महिनादेखि हुन नसकेको मन्त्रिपरिषद विस्तार कार्य अझै पनि अन्यौलमा फसेको छ ।