काठमाडौँ । कलेजो रोग पीडित, गोरखा बारपाक सुलिकोट गाउँपालिकाका किशोर टेकप्रसाद घलेलाई एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको छ । ६ वर्षको उमेरदेखि कलेजोको रोगबाट पीडित भएका र आर्थिक रुपमा विपन्न १६ वर्षीय बिरामी घलेको नौ वर्षको उमेर हुँदा नै कलेजोको अपरेशन गरिएको थियो ।
विकट गाउँ गोरखा बारपाक सुलिकोटका घले परिवार आर्थिक रुपमा अभाव झेलिरहेको समयमा उनका बुवा आशबहादुर घले र आमा नन्दमाया घलेले टेकप्रसादकी दिदी अर्थात घले दम्पतीकी १८ वर्षीय छोरी गुमाए । छोरी गुमाएको पीडा सम्हालिन नपाउँदै उनका छोरा टेकप्रसादलाई कलेजोको रोगले समात्यो । रोगले समात्यो भन्नु नै के थियो र ? घले परिवारमा आर्थिक संकट थपिएर आयो ।

बच्चाकालमै छोरोलाई खर्चिलो रोग लाग्दा आशबहादुर घले र नन्दमाया घलेलाई थप आर्थिक संकट थपियो । बिरामी छोराको उपचार गर्दा गर्दा उनीहरुको सिरिखुरी सकिने अवस्था आयो । विगत ६ वर्षदेखि टेकप्रसाद घलेको कलेजोको उपचार भइरहेको छ । सकेजति परिवारले छोराको उपचार आफै गर्न प्रयास गरे ।
काठमाडौँ मेडिकल कलेज (केएमसी)मा कलेजो रोग पीडित टेकप्रसाद घलेको उपचार हुँदा हुँदा घले परिवारले हैरानी व्यहोर्यो । छोराको उपचारको लागि घले परिवारले सहयोग दाताहरुमा सहयोगको याचना गरेपछि उनलाई उपचारमा सहयोग गर्ने दाताहरुले देश विदेशबाट केही रकम पठाएर घलेको उपचारमा केही राहत भएको छ ।
उनलाई देश विदेशबाट आएको सहयोग रकममध्ये केही रकम शनिबार गोलमिडिया न्युज डटकमको कार्यालयमा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हो । गोरखा बारपाक सुलिकोट गाउँपालिका स्थायी घर भइ हङकङ बस्ने लिल फङ (घले समाज) हङकङका पूर्वअध्यक्ष तथा हालका सल्लाहकार सन्तोष घलेको पहलमा संकलन भएको १ लाख ६५ हजार, बारपाक सुलिकोट गाउँपालिका स्थाई घर भइ बेलायत बस्ने लिल फङ (घले समाज) बेलायतका अन्तरराष्ट्रिय समन्वय समितिका पूर्व संयोजक तथा सल्लाहकार धनबहादुर घलेको पहलमा संकलन भएको ५३ हजार ८ सय र लिल फङ (घले समाज)का युवा तथा विद्यार्थी विभागका केन्द्रिय सचिव नेमराज घलेको पहलमा संकलन भएको ८० हजार गरेर जम्मा २ लाख ९८ हजार ८ सय नेपाली रुपैयाँ बिरामी टेकप्रसाद घले र उनकी आमा नन्दमाया घलेलाई हस्तान्तरण गरिएको थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा गोलमिडिया न्युज डटकमका संचालक जीवन बुढामगर, प्रधानसम्पादक कुमार शाह, घले समाजका केन्द्रिय महासचिव डा. जीतबहादुर घले, गोलमिडियाका मार्केटिङ प्रमुख वीरसिंह घले लगायतको उपस्थिति रहेको थियो ।

शनिबार हस्तान्तरण गरिएको टेकप्रसाद घलेको उपचारमा प्राप्त सहयोग रकम सहयोग गर्ने सहयोगदाताहरुको नामावली र सहयोग रकम यस्तो रहेको छ ।
१) बारपाक सुलिकोट गाउँपालिकाबाट हाल हङकङ बस्ने सन्तोष घलेबाट रु.१० हजार
२) बारपाक सुलिकोट गाउँपालिकाबाट बहराइन बस्ने राम घले ‘पुरन’ बाट रु.१० हजार
३) बारपाक सुलिकोट गाउँपालिकाबाट बहराइन बस्ने पुरु घलेबाट १० हजार
४) बारपाक सुलिकोट गाउँपालिकाबाट हङकङ बस्ने कृष्ण घले ‘सन्तोष माइला’ र टुककुमारी घलेबाट १० हजार
५) सोही गाउँपालिकाबाट हङकङ बस्ने उमादेवी घले परिवार (सुराजको बहिनी)बाट १० हजार
६) हङकङ बस्ने मणि राईबाट १० हजार
७) हङ्कङ नेपाली महासंघका अध्यक्ष टंक राणाबाट १० हजार
८) बारपाक सुलिकोट गाउँपालिकाबाट हङकङ बस्ने केशर घले परिवारबाट १० हजार
९) नेपाली जनसम्पर्क समिति हङकङका अध्यक्ष टिका गुरुङबाट १० हजार
१०) गोरखा समाज हङकङका अध्यक्ष दिल बहादुर गुरुङबाट १० हजार
११) गैह्रआवासिय नेपाली संघ हङकङका अध्यक्ष टिका गुरुङबाट १० हजार
१२) हङकङ निवासी दिपक गुरुङको परिवारबाट १० हजार
१३) हङकङ नेपाली महासंघका महासचिव नविन सुहाङबाट १० हजार
१४) धरानबाट गई हङकङ बस्ने हङ्कङ् मंच हङकङका नारद राईबाट १० हजार
१५) हङकङ निवासी ताहिर खानबाट १० हजार
१६) बेलायत निवासी बारपारक सुलिकोटका एमबि घले (क्युलु छोरा)बाट १० हजार
१७) युएई निवासी नुवाकोटका गंगाबहादुर घलेबाट १० हजार
१८) बेलायत निवासी बारपाक सुलिकोटका शेरबहादुर घलेबाट १० हजार

१९) बेलायत निवासी बारपाक सुलिकोटका चित्रबहादुर घलेबाट ५ हजार
२०) बेलायत निवासी बारपाक सुलिकोटका नन्दबहादुर घलेबाट ५ हजार
२१) बेलायत निवासी भोजपुरका टिकाराम घलेबाट ५ हजार
२२) बेलायत निवासी पोखराका दानबहादुर घलेबाट ५ हजार
२३) बेलायत निवासी बारपारक सुलिकोटका धनीराम घलेबाट ५ हजार
२४) बेलायत निवासी बारपारक सुलिकोटका दिलराज घलेबाट ५ हजार
२५) बेलायत निवासी बारपारक सुलिकोटका ठाकुर घलेबाट ५ हजार
२६) बेलायत बस्ने गोरखा बजारका गोरखाली समाज बेलायतका अध्यक्ष कर्ण दर्लामी मगरबाट ८ हजार ८ सय त्यस्तै
२७)जापान बस्ने बारपाक सुलिकोटका मन बहादुर घले ‘मने’बाट १० हजार
२८) जापान बस्ने बारपाक सुलिकोटका मनि घले ‘मनराज’बाट १० हजार
२९) बहराइन बस्ने बारपाक सुलिकोटका चौराज घले ‘अजय’बाट ५ हजार
३०)हङकङ बस्ने बारपाक सुलिकोटकि सन्तमाया घलेबाट ५ हजार,
३१) बेलायत बस्ने बारपाक सुलिकोटका मणिराम कान्छाबाट १० हजार,
३२) लील फङ (घले समाज) काठमाडौँका उपाध्यक्ष धादिङका दिपेन साम्री घलेबाट ५ हजार,
३३) जापान बस्ने बारपाक सुलिकोटका पूर्ण बहादुर घले ‘डेन्जर डन’बाट५ हजार,
३४)बेलायत बस्ने बारपाक सुलिकोटका धन बहादुर घले (मिनाक्षीको काइला बाबा)बाट १० हजार,
३५) बेलायत बस्ने बारपाक सुलिकोटका तीर्थ राज घलेबाट ५ हजार,
३६)बेलायत बस्ने बारपाक सुलिकोटका लिलराज घलेबाट ५ हजार र
३७)बेलायत बस्ने बारपाक सुलिकोटका वुद्धि घले/कल्पना घले (खुसिराम माइला)बाट १० हजार ।

सहयोग दाताहरुले प्रदान गरेको सहयोग रकम ग्रहण गर्दै पीडित टेकप्रसाद घलेकी आमा नन्दमाया घलेले रकम सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद दिइन् । सहयोग हस्तान्तरण कार्यक्रममा पीडित टेकप्रसादकी फुपू धनकुमारी घलेले बिरामी टेकप्रसादलाई उपचार ६÷६ महिनामा कलेजोको डाइलाइसीस गर्नुपर्ने हुन्छ । अब यो दाताहरुले सहयोग गरेको रकमबाट पीडितलाई उपचार गर्न परिवारलाई अलिकति भएपनि राहत भएको धारणा व्यक्त गरिन् । पीडितलाई निरन्तर उपचार गरिरहनुपर्ने र परिवारको आर्थिक अवस्था एकदमै नाजुक भएकोले अरु दाताहरुलाई पनि यस्तै गरेर सहयोग गर्न धनकुमारीले आव्हान गरिन् ।