गोवा । प्रगतिशील नेपाली समाज समितिको आयोजनामा भारतका विभिन्न सहरमा तीज विषेश कार्यक्रम गरिएको छ । जसपा निकट प्रगतिशील नेपाली समाज समिति पंजाब राज्य अन्तर्गत चण्डिगढ जिल्ला समितिको आयोजनामा तीज विषेश कार्यक्रम सम्पन्न भएको हो ।
सो संगठनका महिला विभाग प्रमुख शुस्मिता विकको अध्यक्षता र प्रमुख अतिथ्य, केन्द्रिय उपाध्यक्ष तथा पंजाब राज्य इञ्चार्ज प्रेम घताने, विषेश अतिथिहरुमा चण्डिगढ प्रशासन डिएसपी नित्यनान्द, सो संगठन पंजाब राज्य अध्यक्ष विष्णुहरी शर्माले प्रवासी महिला दिदिबहिनीहरुलाई तीज विषेशको शुभकामना दिएका थिए ।
कार्यक्रमको संचालन चण्डिगढ जिल्ला इञ्चार्ज प्रीतम मगरले र पंजाब राज्यका उपअध्यक्ष विनोद शर्माले गरेका थिए । कार्यक्रममा अन्य अतिथिहरुले पनि आआफ्नो धारणा राखेका थिए । धारणा राख्नेमा महिला विभागबाट लक्ष्मी हमाल र श्रीमती सारदा पौडेल, सुनिता जैसी, रञ्जना केसी, सोममाया मल्ल थिए ।
राष्ट्रिय गानबाट कार्यक्रम उद्घाटन भएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष मनिलाल रसाइलीले स्वागत मन्तव्य राखेका थिए । सांस्कृतिक मंचबाट कलाकार दिपु कान्छो र रितु विष्टले कलाकार समूहको नेतृत्व गरेका थिए । कार्यक्रममा लोकगायक खुमन जोशी र अमर घर्ती मगर लगायतले जोड्दार प्रस्तुत गरेका थिए ।
सो अवसरमा बालकलाकारहरु करन गिरी, कस्मिरा सुनार, अन्जु सुनार, कल्पना ओली, यमुना गिरी, मनिशा शर्मा लगायतले पनि आआफ्ना सांगितीक प्रस्तुती पस्केका थिए । कार्यक्रममा चण्डिगढका आसपासबाट जनताहरुको सहभागी थियो ।